Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं, जेठ ९ – सरकारले स्थानीय तहको संख्या थप गरेपछि निर्वाचन आयोगलाई चुनावको तयारी गर्न समस्या भएको छ । दोस्रो चरणको चुनावको मिति आउन २३ दिन मात्र बाँकी रहँदा सोमबार राति सरकारले २२ वटा स्थानीय तह थप गरेको थियो ।

थपिएका स्थानीय तह र सीमान हेरफेर भएर महानगरपालिका बनेका विराटनगर र विरगञ्जमा चुनावका  तयारी गर्न  कठिनाई भएको आयोगले जनाएको छ । आउँदो १९ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन तोकिएकाले आयोगले थपिएका स्थानीय तहमा नयाँ मतदाता परिचय पत्र बनाउनु पर्ने भएको छ ।

जसका लागि कम्तिमा पनि १२/१५ दिन लाग्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । सरकारले तह थपिएको बारे लिखित जानकारी गराइ नसकेको भन्दै शर्माले पत्र आएपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने बारेमा निक्र्यौल गरिने बताउनुभयो ।

तह थपिँदा त्यही अनुसारको जनशक्ति पनि आवश्यक पर्ने हुँदा सबै कामको तालमेल मिलाउन जटिल हुने शर्माले बताउनुभयो । सरकारले स्थानीय तहको संख्या थपेपछि चुनावमा सहभागी हुन मधेसी दलहरु सकरात्मक देखिएका छन् । मधेस केन्द्रित दलको माग अनुसार सरकारले तराईका जिल्लामा सोमबार दोश्रो पल्ट स्थानीय तहको संख्या थपेको हो ।

तपाईको प्रतिक्रिया