Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – पहिलो चरणमा चुनाव भएका २ सय ८३ वटा स्थानीय तहमध्ये अब १० ठाउँको मात्रै मतपरिणाम आउन बाँकी छ । बाँकी स्थानीय तहमा ४ महानगरपालिका, १ उपमहानगरपालिका, ३ नगरपालिका र २ वटा गाउँपालिका रहेका छन् ।

ती मध्ये चार महानगरपालिकाको पछिल्लो अवस्था यस्तो छ
काठमाडौं महानगरपालिका
मेयर
विद्यासुन्दर शाक्य (नेकपा एमाले)– ३१५५५
राजुराज जोशी (नेपाली कांग्रेस) –२२४२२
रन्जु दर्शना (विवेकशील नेपाली)– १२१३३
किशोर थापा साझा पार्टी)– ९२३२
सर्वोत्तम डंगोल (माओवादी केन्द्र)– ३४५४

ललितपुर महानगरपालिका
चिरिबाबु महर्जन (कांग्रेस) – २१२६६
हरिकृष्ण ब्यञ्जनकार (एमाले) – १९६८२

चितवनको भरतपुर महानगरपालिका
देवी ज्ञवाली (एमाले) –२२३४८
रेणु दाहाल (माओवादी केन्द्र) –१९८६८

पोखरा लेखनाथ महानगरपालिका
पोखरा लेखनाथ महानगरपालिका शनिबार बेलुका देखि रोकिएको मतगणना सोमबार दिउसे साढे २ बजेबास सुरु भएको छ ।  मतगणना रोकिनुअघिसम्म एमालेका मानबहादुर जिसीले अग्रता लिनुभएको छ । उहाँले २० हजार ५ सय १ मत ल्याउनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका रामजी कुँवरले १८ हजार ६ सय ७० मतका साथ पछ्याई रहनुभएको छ ।

त्यस्तै उपमेयरमा पनि एमालेकी मञ्जुदेवी गुरुङले १९ हजार ३ सय ६ मत ल्याएर अग्रता कायम गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसकी सरस्वती गुरुङले १७ हजार ७ सय १२ मतका साथ पछ्याई रहनुभएको छ ।

तपाईको प्रतिक्रिया