Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरको रोकिएको मतगणना अघि बढाउन सरोकारवालालाई निर्देशन दिएको छ । पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तीक छापको आकार ठूलो भएको भेटिएपछि शनिवार साँझदेखि मतगणना रोकिएको थियो ।

यस विषयमा आज बसेको सर्वदलिय बैठकले निर्वाचन आयोगमा सोध्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम केन्द्रमा सोधिएकोमा केही समय अघिमात्र निर्वाचन आयोगले ठूलो स्वस्तिक छाप भए पनि सदर गर्दै मतगणना अघि बढाउन भनेको हो । ‘स्थानीय तहको निर्वाचनकालागि प्रयोगमा ल्याइएको मतपत्र र मतदान अधिकृतको हस्ताक्षर सही भएमा गणनालाई निरन्तरता दिनु भनेर पत्र पठाइएको छ ।

स्वस्तिक छापको बिषयमा विवाद उत्पन्न भएपछि सबै राजनीतिक दलहरुबीच शनिवार बैठक भए पनि विना निष्कर्ष टुंगिएको थियो । ५ हजार ८ सय २८ मतसंख्या रहेको वडा १७ को १ हजार ४ सय मत गनिसकेपछि ठूलो स्वस्तिक छाप भएको मतपत्र भेटिएर विवाद उत्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया