Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकामा अहिलेसम्म सातवटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले चारवटामा वडाध्यक्ष जितेर अग्रता लिएको छ भने नेकपा एमाले तीनवटा वडामा विजयी भएको छ। आज दिउँसोसम्म नतिजा सार्वजनिक भएका वडाहरू १, २, २५, २७, २८, २९ र ३० हुन् । तीमध्ये १, २ र २७ वडामा नेकपा एमाले विजयी भएको छ भने कांग्रेसले वडा नम्बर २५, २८, २९ र ३० वडा जितेको हो ।

काठमाडौं महानगरमा सबभन्दा पहिला मतपरिणाम घोषणा भएको वडा नम्बर १ बाट नेकपा एमालेले आफ्नो विजय खाता खोलेको थियो। नक्साल क्षेत्रमा पर्ने यो वडामा एमालेका भरतलाल श्रेष्ठ १०३५ मत पाएर वडाध्यक्ष विजयी हुनु भएको थियो । उक्त वडाबाट मेयरमा पनि सबभन्दा बढी मत एमालेका विद्यासुन्दर शाक्यलाई नै गएको थियो। त्यस्तै, लाजिम्पाट क्षेत्रमा पर्ने वडा नम्बर २ मा एमाले उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्ष विजयी हुनु भएको छ । यहाँ एमालेले प्यानलै जित्नुका साथै मेयरमा पनि एमालेले नै अग्रता लिएको थियो । एमालेले जितेको तेस्रो वडा २७ नम्बर न्यूरोड, महाबौद्ध लगायत क्षेत्र समेट्ने यो वडामा चिनियाँमान बज्राचार्य वडाध्यक्ष विजयी हुनु भएको छ ।

नेपाली कांग्रेसले जितेको २५ नम्बर वडामा नीलकाजी शाक्य विजयी हुनु भएको छ । त्यौड क्षेत्रमा पर्ने यो वडामा मेयरमा भने एमालेले नै अग्रता लिएको थियो। त्यस्तै, बागबजार क्षेत्रको वडा नम्बर २८ मा नेपाली कांग्रेसका भाइराम खड्गी विजयी हुनु भएको छ । अनामनगर क्षेत्रको वडा नम्बर २९ मा कांग्रेसकै कुश ढकाल १५४५ मत पाएर विजयी हुनुभयो । ज्ञानेश्वर क्षेत्रमा पर्ने वडा नम्बर ३० नेपाली कांग्रेसका दलबहादुर कार्की २२३१ मत पाएर वडाध्यक्ष निर्वाचित हुनु भएको छ ।

तपाईको प्रतिक्रिया