Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानरपालिकाको १२ वटा वडाको मत गनिसक्दा मेयर पदमा नेपाली कांग्रेस अगाडि छ । उपमेयरमा एमाले अघि छ । नेपाली कांग्रेस मेयरका उम्मेद्वार आनन्दराम पराजुली १४ हजार ७ सय १९ मतसहित अघि हुनुहुन्छ । उहाँ कांग्रेस माओवादीको तालमेलबाट कांग्रेसको तर्फबाट उम्मेद्वार बन्नुभएको हो ।

नेकपा एमालेका मेयरका उम्मेद्वार हरिबहादुर महत १४ हजार ४ सय ८८ मतसहित उहाँलाई पछ्याइरहनुभएको छ । हिजोको मत गणनामा मेयरमा एमाले अघि भएपनि पछिल्लो मत परिणम अनुसार कांग्रेसका मेयरमा उम्मेद्वार अगाडि छन् । राप्रपाका मेयरका उम्मेद्वार मधु अधिकारीको ४ हजार ५ सय ९७ मत छ ।  एमालेकी उम्मेद्वार मिना लामा १४ हजार ५ सय ९ मतसहित उपमेयरका पदमा अघि हुनुहुन्छ । माओवादी र कांग्रेसका उपमेयरका उम्मेद्वारलाई मतगणना सुरु भएदेखि नै पछि पार्दै आएकी लामाले १२ नम्बर वडाको मत गणना भइरहदा सम्ममा यो मत प्राप्त गर्नु भएको हो ।

माओवादीका उपमेयरका उम्मेद्वार बलराम बलले १० हजार ८ सय ३० मतसहित उहाँलाई पछ्याइरहनु भएको छ । त्यस्तै, राप्रपाको उपमेयरकी उम्मेद्वार इन्दीरा न्यौपानेले अहिले सम्म ५ हजार २ सय ७७ मत ल्याउनुभएको छ । अहिले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ७ र १३ कोे मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया