Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निर्वाचनमा मधेसी मोर्चाको साझा उम्मेदवार बनाउन प्रस्ताव गर्नु भएको छ । मधेसी जनताको अधिकार प्राप्त गर्न पनि मधेसी मोर्चा एकतावद्ध भएर दोस्रो चरणको निर्वाचनमा जानुपर्ने उहाँले बताउनुभयो ।

आज जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै यादवले मधेस विरोधी शक्तिलाई पराजित गर्न पनि मधेस केन्द्रित दलहरुले स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिनुभयो । मधेस केन्द्रित  दलहरु एकताबद्ध नभए मधेसको माग सम्बोधन नहुने उहाँको भनाई छ ।

प्राप्त उपलब्धिलाई संस्थागत गर्न र थप उपलब्धि प्राप्त गर्न स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया