Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – भक्तपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुले आज सपथग्रहण गरी कार्यभार सम्हाल्नु भएको छ । नगरपालिकाले आज आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीलाई सपथ ग्रहण गराउनु भयोे ।

कार्यक्रममा सांसद प्रेम सुवालले आफैले कानून बनाउने, आफैले पालना गर्ने गरि कार्यपालिका, न्यायपालिका र व्यबस्थापिकाको भूमिका स्थानीय तहले गर्न पाउने अधिकार भएकाले यसलाई पुरा गर्ने जिम्मेवादी नवनिर्वाचित पदाधिकारीमा आएको बताउनुभयो ।  साथै उहाँले देशको एउटा भागमा चुनाव सकिएको र अर्को ठूलो भागमा चुनावै नहोला कि भन्ने अबस्था सृजना भएको भन्दै देशको सार्वभौमिकता जोगाउन सबै जनता एक हुने बेला आएको बताउनुभयो ।

यस्तै, मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले स्थानीय तहको निर्वाचनले लामो समयदेखि रोकिएको विकास कार्य द्रुत गतिमा अगाडि बढ्ने बताउनुभयो । स्थानीय तहको निर्वाचन सकिए लगत्तै आफ्नो नगर तथा गाउँको विकास गर्ने अनेकौ अवसरहरु आएकाले त्यसलाई सफल बनाउन नवनिर्वाचित पदाधिकारीले ध्यान दिनुपर्नेमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जोड दिनुभयो । कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापतिले स्थानीय तह प्रजातन्त्रको जग भएको बताउँदै संविधानले दिएको अधिकार प्रयोग गर्ने क्रममा धेरै चुनौतीहरु आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयनको क्रममा हाम्रा समक्ष चुनौतीको पहाड आएको छ, जनताको साथ लिएर त्यस्ता चुनौतीको पहाड पन्छाउँदै अगाडि बढ्छौ । भक्तपुरलाई देश कै नमूनाको नगर बनाउने घोषणा गर्दै उहाँले संरक्षण हुन बाँकी ऐतिहासिक एवंं पुरातात्विक सम्पदा र संरचनाको संरक्षण गर्ने, ख्वप विश्व विद्यालयको स्थापना गर्ने, भक्तपुरलाई ज्ञानको केन्द्रको रुपमा विकास गर्ने लगायत धेरै कुराबाट भक्तपुरलाई मुलुकको नमूनाको नगर बनाउने बताउनुभयो ।

सपथ ग्रहण लगत्तै नगरपालिकाको भवनमा गएर नगरप्रमुख, उपप्रमुख र १० वटा वडाका वडा अध्यक्षहरु समेत बसेर नगरपालिकाको पहिलो बैठक समेत सम्पन्न गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया