Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

धादिङ – नेपाली कांग्रेसले आइतबार धादिङ सदरमुकाम धादिङबेशी लगायत आसपासका क्षेत्र बन्द गरेको छ । शनिबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच भएको झडपको विषयलाई लिएर कांग्रेसले बन्द गरेको हो ।

झडपमा धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष नेपाली कांग्रेसका विनोद तिमल्सिना पनि घाइते हुनुभएको थियो । नेकपा एमाले र नेपाली कांग्रेस दुवै पार्टीले विजय जुलुस मनाएर फर्कंदै गर्दा ज्वालामुखी गाउँपालिका ३ कोलेमा राति पौने १० बजेतिर जम्काभेट हुदाँ झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङले दोहोरो झडप भएको जनाएको छ । तर नेपाली कांग्रेस धादिङले भने आक्रमण भएको भन्दै दोषीलाई कारबाहीको माग राख्दै बन्द गरेका हो । आइतबार ५ बजेसम्म दोषीलाई पक्रेर कारबाही नगरे पार्टीले अर्को निर्णय गर्ने नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले बताउनुभयो ।

त्यस्तै नेकपा एमाले धादिङले विजय जुलुस मनाएर फर्कदै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तालाई आक्रमण गरेपछि दोहोरो झडप भएकोे दाबी गरेको छ ।

बन्दको घोषणा भएपछि धादिङबेशी लगायत आसपासका क्षेत्रहरु अहिले सुनसान देखिएको छ ।

तपाईको प्रतिक्रिया