Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

भक्तपुर  – भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना विवाद मिलाउन फेरि आज छलफल हुने भएको छ । नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी र राप्रपाले ३ र ४ नम्बर वडाको मतगणनामा धाँदली भएको भन्दै विरोध गरेपछि मतगणना स्थगित भएको छ ।

मतगणना अघि बढाउन छलफलका लागि प्रशासनले पटक पटक बोलाउँदा पनि कांग्रेस, नेपाल मजुदुर किसान पार्टी र राप्रपा छलफलमा गएका छैनन् । उनीहरुले मतगणनामा बस्ने कर्मचारी परिवर्तन गर्न माग गरेका छन् । एमालेले भने मतगणनामा धाँदली नभएको बताएको छ ।

आइतबार १० बजे छलफलका लागि आउन सबै दललाई प्रशासनले अग्रह गरेको छ ।

९ वटा वडा रहेको चाँगुनारायणका १, २, ३ र ४ मा मतगणना सकिएको छ । यसमध्ये १ र २ मा नेपाली कांग्रेस विजयी भएको छ भने ३ नं वडामा एमाले विजयी भएको छ । ४ को मतगणना सकिएपनि विरोधका कारण घोषणा भने हुनसकेको छैन ।

तपाईको प्रतिक्रिया