Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – पहिलो चरण अन्तरगत बैशाख ३१ गते चुनाव हुन नसकेको दुई वटा गाउँपालिकामा आइतबार  मतदान हुँदैछ । कालिकोटको नरहरिनाथ गाउँपालिका र दोलखाको मेलुङ गाउँपालिकामा आइतबार मतदान भइरहेको हो ।

चुनावका बेला झडप हुँदा दोलखा र कालिकोटमा एक– एक जनाको ज्यान गएपछि मतदान स्थगित भएको थियो । निर्वाचन अधिकृतले त्यहाँ फेरि मतदान गर्न निर्देशन दिएका थिए ।

यस्तै सिन्धुपाल्चोक, हुम्ला र कालिकोटका एक एक वटा गाउँपालिकामा पनि पछि मतदान भएको थियो । सिन्धुपाल्चोकको इन्द्रावती, हुम्लाको खार्पुनाथ र कालिकोटको कालिका गाउँपालिकामा ढिलो मतदान भएको अन्तिम परिणाम आउन ढिलाई भएको हो ।

कालिका र इन्द्रावतीमा गएको बिहीबार तथा खार्पुनाथमा अस्ति शुक्रबार मतदान भएको थियो ।

तपाईको प्रतिक्रिया