Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस अगाडि छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसले १२ हजार १ सय ५७ मत पाएको छ ।

एमालेका मेयर उम्मेदवारले ९ हजार ३ सय ९ मत पाएका छन् । चन्द्रागिरी नगरपालिकामा उमपेयरमा भने एमालेले अग्रता लिएको छ । एमालेले अहिलेसम्म १० हजार ६ सय ७९ मत पाएको छ ।

कांग्रेसले उपमेयरमा १० हजार १ सय ६२ मत पाएको छ । चन्द्रागिरीको वडा १४ र १५ को मत गणना भइरहेकाले आइतबार  बेलुकीसम्म अन्तिम परिणाम आउने निर्वाचन अधिकृत गणेश नायकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया