Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

धनगढी – यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेपाली काँग्रेसले पार्टीका उम्मेदवारका आकाङ्क्षीलाई ‘निर्वाचन र नेतृत्व’ विषयक प्रशिक्षण दिन सुरु गरेको छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अपेक्षाभन्दा बढी मतपत्र बदर देखिएको परिप्रेक्ष्यमा मतदातामाझ मतदाता शिक्षाबारे चेतना अभिवृद्धि गराउने र उम्मेदवारको काम, कर्तव्य, अधिकार, निर्वाचन आचारसंहितालगायत विषयमा प्रशिक्षित गराउन उम्मेदवारका आकाङ्क्षीलाई प्रशिक्षण दिन थालिएको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले बताउनुभयो ।
यसैक्रममा यहाँ बिहीबार आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षणमा निर्वाचन कार्यालयका कर्मचारीले निर्वाचन आचारसंहिता, निर्वाचन कानुन, मतपत्र बदर हुने/नहुने अवस्थालगायत विषयमा प्रकाश पार्नुभएको थियो । सहभागीलाई प्रशिक्षक महेश दाहालले प्रशिक्षण दिइरहनुभएको छ ।

तपाईको प्रतिक्रिया