Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना समूह विभाजन गरी ११ स्थानबाट गरिएपनि अझै गति लिन भने सकेको छैन ।
सोमबार दिउँसोबाट एक स्थानबाट सुरु भएको सो महानगरपालिकाको मत गणनाको काम बुधबारबाट ११ स्थानमा विभाजन गरी गणना गर्न थलिएको छ । तर, अझैपनि मतपरिणाम आउने क्रम नगन्य मात्रामा बढेको देखिएपनि सुस्तता र भद्रगोल भने कायमै छ ।
आयोगले समुह विभाजन गरेर मतगणना थालेको २४ घण्टा वित्दा अपेक्षाकृत नतिजा आएको छैन । बिहीबार तीन बजेसम्म पनि काठमाडौ महानगरपलिकाको १२ हजार बढि मत गनिएको छैन । बुधबार दिउँसोसम्म हुन झण्डै तीन हजार मत गनिएको थियो । समह विभाजनपछि भएको मत गणनाको २४ घण्टामा नौ हजार मत गनिएको छ । यहि रफ्तारमा गन्दा पनि काठमाडौ महानगरपालिकाको झण्डै दुई लाख मत गन्न अझै १९ दिन लाग्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया