Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

हुम्ला  – हुम्लाको सर्केगाड र नाम्खा गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र र अदानचुली गाउँपालिकामा एमाले विजयी भएको छ ।

सर्केगाड गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका कृष्ण रोकाया विजयी हुनुभएको छ । त्यसैगरी उपप्रमुखमा एमालेका जोशी धामी विजयी हुनुभएको छ ।
हुम्लाकै नाम्खा गाउँपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ । नाम्खा गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका विष्णु तामाङ विजयी हुनुभएको हो । उपप्रमुखमा भने स्वतन्त्र उम्मेद्वार पेमा तामाङ विजयी हुनुभएको छ ।

हुम्लाको अर्को गाउँपालिका अदनचुलीमा नेकपा एमाले विजयी भएको छ । एमालेका दल फडेरा प्रमुखमा विजयी हुनुभएको हो भने उपप्रमुखमा एमालेकै सौमती ऐडी विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया