Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकामा आज १ बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले)को अग्रता कायमै छ ।
प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य पाँच हजार २४५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले तीन हजार २४ मतले पछ्याइरहनुभएको छ । त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले दुई हजार १३७ मत र साझा पार्टीका किशोर थापाले एक हजार ४५२ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले तीन हजार ४५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले दुई हजार ५३३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । आज बिहानदेखि ११ स्थानमा मतगणना गर्न थालिएको छ ।
यता काठमाडौँकै नागार्जुन नगरपालिकाको पाँचवटा वडामध्येचारवटा वडामा नेकपा (एमाले) र एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका हुन् । वडा नं १देखि ४ सम्म क्रमाशः एमालेका रामचन्द्र लामाले ४२४, खुमबहादुर केसीले ७९१, प्रेमलाल श्रेष्ठले ६२२ र करुणकुमार दलामीले ९१६ मत ल्याई विजयी भएका हुन् भने वडा नं ५ बाट राप्रपाका महेश रिमालले ७११ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाको अध्यक्षमा काँग्रेसका मोहनबहादुर बस्नेतले तीन हजार १८८, एमालेका कृष्णहरि खत्रीले दुई हजार ८५६, माओवादी केन्द्रका कुमार तामाङले ९२३ र राप्रपाका उद्धव थापाले एक हजार ६८२ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया