बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

विश्वमा सबैभन्दा धेरै मानिसले प्रयोग गर्ने सोसल मिडिया साइट फेसबुकका प्रयोगकर्ताको संख्या झण्डै दुई अर्ब पुगेको छ । फेसबुकले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार फेसबुकका प्रयोगकर्ताको संख्या १ अर्ब ९४ करोड पुगेको छ ।

फेसबुकका अनुसार यो संख्या महिनामा कम्तिमा एक पटक फेसबुक चलाउने प्रयोगकर्ताको संख्या हो । जसमध्ये ३० करोडले त दिनहुँ फेसबुक चलाउने गरेका छन् । प्रयोगकर्तामा मात्र होइन नाफामा पनि फेसबुकले ठूलो प्रगति गरेको देखिएको छ ।

यो वर्ष सन् २०१७ को पहिलो त्रैमासिकमा फेसबुकको मुनाफा बढेर तिन अर्ब डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ७६ प्रतिशतले बढि हो । यद्यपि, आगामी दिनमा विज्ञापनबाट हुने आयमा कमी आउने आँकलन फेसबुकले गरेको छ ।

यसका साथै आपत्तिजनक तथा हिंसालाई प्रवर्धन गर्ने खालका सामाग्रीमा पावन्दी लगाउन नसकेको भन्दै फेसबुकमाथि आलोचना समेत बढिरहेको छ । सोही कारण फेसबुकले तिन हजार जना सहजकर्ता कर्मचारी भर्ना गर्ने तयारी गरिरहेको जानकारी फेसबुकका सिइओ मार्क जुकरबर्गले गराइसकेका छन् ।

तपाईको प्रतिक्रिया