Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

रौतहट – स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटको गौरमा भईरहेको निःशुल्क साताव्यापी सघन स्वास्थ्य शिविर अहिले सम्म ४ हजार २ सय ४९ जनालाई स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको ७७ जनाको शल्यक्रिया गरिएको छ ।

हिजो मात्रै ४०३ जना पुरुष र ४२४ जना महिला गरी ८२७ जनालाई स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधी पनि वितरण गरिएको नेपाली सेनाका महासेनानी दिपक अधिकारीले बताउनुभयो । उहाँका अनुसार हिजो २५ जनाको शल्यक्रिया गरिएको छ ।

सुरुमा विहान ९ बजेदेखि बेलुका पाँच बजे सम्म मात्रै शिविर संचालन गर्ने भनिएपनि अत्याधिक भिड भएपछि विहान ७ बजेदेखि बेलुका ५ बजे सम्म स्वास्थ्य परिक्षण गरिएको छ भने शल्यक्रिया बेलुकी १० बजे सम्म पनि हुने गरेको उहाँले बताउनु भयो । शिविरमा एक दर्जन भन्दा बढी जिल्लाका बासिन्दा र केही भारतीय नागरिकहरु समेत आएका छन् ।

आगामी १४ गते सोमबार सम्म हुने शिविरमा स्वास्थ्य मन्त्रालय र नेपाली सेनाका गरी ३० जना चिकित्सक सहित एक सय भन्दा बढी स्वास्थ्यकर्मीहरु खटिएका छन् । स्वास्थ्य शिविरमा मोवाइल हस्पीटल मार्फत् ५० बेड क्षमताको अस्पतालले दिने सुविधा दिइएको छ भने विभिन्न सरकारी अस्पतालका श्रोतसाधनहरुको पनि प्रयोग गरिएको छ ।

गत ८ गते देखि सुरु भएको निशुल्क सघन स्वास्थ्य शिबिरमा पाठेघरको समस्या, हाइडोशील, हर्निया, फिस्टुला, बासिर, भगन्दर लगायतका रोगहरुको शल्यक्रिया मार्फत् उपचार सेवा दिइएको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापा र रक्षा मन्त्री बालकृष्ण खाण हिजो शिविरस्थलमा पुगेर अवलोकन गर्नु भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया