Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – महानगरीय अपराध महाशाखाले १२ फागुनमा वैदेशिक रोजगार व्यवसायी प्रेम कटुवाललाई पक्राउ गर्‍यो । कटुवाल पक्राउको कारण धेरैका निम्ति जति अचम्मको विषय थियो, त्यति नै उनलाई लागेको अभियोग ।

सामाजिक संजाल फेसबुकमार्फत अनेकन आश्वासन दिएर पैसा असुल्ने अन्तर्राष्ट्रिय गिरोहमा कटुवाल संलग्न रहेको महाशाखाको आरोप थियो । कटुवाल पक्राउपछि सामाजिक संजाल र अन्य प्रविधिको प्रयोग गरेर लाखौं रुपैयाँ असुल गर्ने प्रवृत्ति सतहमा आएको छ ।

तर यस्तै प्रकृतिको मुद्दामाथि निरन्तर अनुसन्धान गरिरहेको अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोका निम्ति यी दुवै नयाँ र नौला कुरा होइनन् । केन्द्रीय अनुसन्धान ब्युरोले साउन यता आठ महिनामा मात्रै भर्चुअल ठगीमा संलग्न पाँच फरक घटनाको अनुसन्धान गरिरहेको छ ।

ब्युरोका अनुसार ती ठगीमा मात्रै पीडितहरुले ६४ लाख रुपैयाँ गुमाएको देखिन्छ । महानगरीय अपराध महाशाखामा पनि यही अवधिमा यस्तै प्रकृतिका सात ठगीका घटना दर्ता भएका छन्, जसमा पीडितले ७० लाख रुपैयाँ गुमाएका छन् । महाशाखाकी प्रवक्ता एसपी मीरा चौधरी भन्नुहुन्छ, ‘सामाजिक संजालको प्रयोगमार्फत हुने ठगीका घटना सरुवा रोगझैं गाउँ–गाउँसम्म फैलिदैं छ ।

अस्ट्रेलियन नागरिक हेन उल्ग्यान र भ्यालेन्टाइन उल्ग्यानले फेसबुकमा पठाएको फ्रेन्डरिक्वेस्ट काठमाडौंकी एक गृहिणीले स्वीकार गरिन् । त्यही फेसबुके मित्रता विस्तारै संवादमार्फत निकटतामा परिणत भयो । अस्ट्रेलियन दम्पतीले एक दिन कुरैकुरामा ती युवतीलाई भने, ‘तिमीलाई दुई आइफोन, ८५ हजार पाउन्ड र ल्यापटप उपहार पठाएका छौं ।’

यस्तो खबर आएको केही दिनमै ती युवतीलाई भारतीय नम्बरबाट फोन आयो । भारतीय युवतीले भनिन्, ‘तिमीलाई पठाएको उपहार भारत आइपुग्यो, त्यसलाई भन्सार छुटाउन ७५ हजार चाहियो ।’

युवतीले उपहारको लोभमा दायाँ–बायाँ केही नसोची रकम पठाइदिइन् । ती युवतीले उपहारको लोभमा चार पटक गरेर ७ लाख ४२ हजार रुपैयाँ भारतीय युवतीले भनेका फरक फरक बैंक खातामा हालिरहिन् । तर न उनको उपहार आयो त अस्ट्रेलियन दम्पती नै जवाफदेही बने ।

महाशाखाले यो र यस्तै ठगीको घटनाको तारमा कटुवालको संलग्नता देखाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया