Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । बुधबार नारी दिवसमा इन्धन वितरण नभएको र मधेस आन्दोलनको त्रासले माग वृद्धि भएको आयल निगमले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

निगम प्रवक्ता सीताराम पोख्रेलले सामान्य अवधिभन्दा माग दोब्बर भएको बताउनुभयो । प्रवक्ता पोख्रेलले बिहीबार दोब्बर माग भएपछि आपूर्ति पनि बढाएको बताउनुभयो । ‘आइतबार, सोमबार र मंगलबार ३ लाख ५० हजारदेखि ४ लाख लिटरसम्म पेट्रोलको माग थियो,’ उहाँले भन्नुभयो, ‘बुधबार सार्वजनिक बिदाको दिन वितरण भएन । बिहीबार माग धेरै भएपछि ८ लाख लिटर पेट्रोल वितरण गरेका छौँ ।’

थानकोट डिपोले बुधबार दिउँसोबाट लोडिङ थालेकाले साँझसम्म पम्पमा इन्धन पुगेको थियो । प्रवक्ता पोख्रेलका अनुसार बिहीबार बिहानैबाट उपभोक्ताको लाइन बढेपछि थानकोट डिपोले ८ लाख लिटर पेट्रोल र ९ लाख ५० हजार लिटर डिजेल वितरण गरेको थियो । ‘सामान्य अवधिभन्दा दोब्बर बढी वितरण गरिएको छ,’ उहाँले भन्नुभयो ।

अमलेखगन्जबाट आयात गरेको इन्धनले नपुगेर नेपालगन्ज डिपोबाट समेत उपत्यकालाई इन्धन आयात गर्न लागिपरेको उहाँले बताउनुभयो ।

सरकारी पम्पमा लाइन

उपत्यकामा साझा सहकारी, सेना, प्रहरी र सशस्त्रले सञ्चालन गरेका पम्पमा बुधबार बिहानैबाट उपभोक्ताको लाइन लागेको थियो । सरकारी सवारीसाधनलाई इन्धन वितरण गर्नुपर्ने भएकाले यस्ता पम्पले निजीभन्दा बढी मौज्दात राख्ने गर्छन् । निगमले थानकोट डिपोमा ट्यांकर लोड थालेपछि सरकारी पम्पले मौज्दात इन्धन वितरण गर्ने गरेका कारण उपभोक्ताको भीड बढ्ने गर्छ । पुल्चोकको साझा सहकारीमा बुधबार बिहानदेखि मोटरसाइकल–स्कुटर र चारपांग्रे सवारीसाधनको बाक्लो लाइन थियो । उपत्यकामा सरकारी स्वामित्वको संस्थाका ८ वटा पम्प छन् । यी पम्पले निजीभन्दा दोब्बर परिमाण इन्धन वितरण गर्ने गर्छन् ।

आज ७ लाख लिटर वितरण

निगमले आज (शुक्रबार) उपत्यकामा सात लाख लिटर पेट्रोल वितरण गर्ने भएको छ । प्रवक्ता पोख्रेलले अमलेखगन्जमा पेट्रोल ७ लाख र डिजेल १४ लाख लिटर लोडिङ भइरहेको जानकारी दिँदै भन्नुभयो, ‘शुक्रबार पनि सामान्य अवधिभन्दा धेरै वितरण गरी अहिलेको लाइनलाई तत्कालै घटाउने प्रयत्नमा छौँ ।’

उनले मधेस आन्दोलनका क्रममा इन्धन अभाव हुन सक्ने आशंकाले उपभोक्ताले बढी माग गर्न थाले पनि आपूर्तिमा कुनै समस्या हुन नदिने गरी काम गरिरहेको बताउनुभयो । उपभोक्तालाई बढी इन्धन सञ्चय नगर्न पनि उहाँले आग्रह गरेका छन् ।

 

तपाईको प्रतिक्रिया