सुनसरी – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा इटहरी क्रिकेट एकेडेमीको व्यवस्थापनमा हुन लागेको प्रतियोगिता फागुन २५ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र सशस्त्र प्रहरीको टीमले खेल्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार मध्यमाञ्चल र पुर्वाच्ञ्चल खेल्नेछन् । खेल दिउँसो १ बजेपछि डिभीएम स्कुलको मैदानमा शुरु हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख रुपियाँ पाउने आयोजक राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।