बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – स्थानीय तहको निर्वाचन मिति घोषणापछिको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको सर्वदलीय बैठक मधेसी मोर्चासहित १० दलले बहिष्कार गरेका छन् । निर्वाचनको मिति घोषणासँगै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको मोर्चामा आबद्ध ७, थरुहट तराई पार्टी, थरुहट पार्टी लोकतान्त्रिक र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले समेत प्रधानमन्त्रीले राखेको बैठक बहिष्कार गरेका हुन ।

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्य सुरु गरेदेखि नै मोर्चाले संविधान संशोधन विधेयक टुंगो लगाएर निर्वाचन मिति घोषणा गर्न सुझाव दिँदै संविधान संशोधन नगरी निर्वाचन गरे आफूहरुले भाग नलिने बताउँदै आएको थियो। सरकारले संविधान संशोधन र निर्वाचनको तयारीसँगै लैजाने बताए पनि आज राखेको संसद्‍को बैठक समेत अगाडि बढाउन सकेन। वार्ता र छलफल सरकारको भुलाउने हतियार मात्रै भएको भन्दै मोर्चाका नेता प्रधानमन्त्रीले राखेको बैठकमा नजाने निर्णय गरेका हुन्।

मोर्चाका अधिकांश नेता घोषित आन्दोलनलाई अगाडि बढाउन काठमाडौंबाहिर गइसकेको मा भाग नलिने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया