आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

उदयपुर – उदयपुरमा जारी उदयपुर गोल्डकप अन्तर्गत आज भएको दोश्रो सेमिफाईनल खेलमा रुपन्देही ११ बिजयी भएको छ । थारुहट उदयपुर रंगशाला गाईघाटमा भएको दोश्रो सेमिफाईनलमा रुपन्देही ११ ले हिमालयन शेर्पालाई २ को विरुद्ध ३ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ ।

झापा ११ लाई पराजित गरी सेमी फाईनल पुगेको रुपन्देही ११ ले मोरङ ११ संग आगामी ५ गते फाईनल खेल्नेछ । भोली खेलको सम्मानमा स्थानीय कर्मचारी र पत्रकारको विरुद्ध आयोजक र राजनीतिकबीच प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया