आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – बंगलादेशमा अन्तर्राष्ट्रिय क्लब फुटबल प्रतियोगिता खेल्न जाने मनाङ–मर्स्याङ्दी क्लबका खेलाडी तथा अफिसियलहरुको बिदाइ गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मनाङ–मर्स्याङ्दीले शेख कमल अन्तर्रा्ष्ट्रिय क्लब कप खेल्न जाने आफ्ना खेलाडी तथा अफिसियलहरुलाइ बिदाइ गरेको हो ।

आगामी फागुन ७ गते देखि सुरु हुने प्रतियोगितामा विभिन्न राष्ट्रका ८ फुटबल क्लबहरुले प्रतिस्पर्धा गर्दैछन् । मनाङ–मर्स्याङ्दी रहेको समूह ‘बी’मा बंगलादेशका दुई तथा अफगानिस्तानका एक क्लब रहेका छन् । समूह ‘ए’मा बंगलादेशका दुई, माल्दिभ्स र दक्षिण कोरियाका एक–एक टोली रहेका छन् ।

बिदाइ कार्यक्रममा बोल्दै मनाङका कप्तान अनिल गुरुङले पछिल्लो समय टोली फर्ममा रहेको र शसक्त रहेको भन्दै सुखद् नतिजा निकाल्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया