आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –  मोरङ ११ उदयपुर गोल्डकप फुटवलको फाइनलमा पुगेको छ । गाइघाटको थरुहट रंगशालामा सोमबार भएको खेलमा ए डिभिजनको संकटा क्लबलाई २–१ ले हराउँदै मोरङ ११ फाइनलमा पुगेको हो ।

पराजित संकटाले दुई दिनअघि मात्र आठौं सिमरा गोल्डकपको उपाधि उचालेको थियो । खेलको ६९ औं मिनेटमा मोरङका भुवन बस्नेतले पहिलो गोल गरेका थिए । ७३ औं मिनेटमा मोरङकै तर्फबाट मिक्चन तामाङले एक गोल थपे ।

८३ औं मिनेटमा संकटाका सजिन थापाले एक गोल फर्काएका थिए । मोरङका भुवन बस्नेत म्यान अफ दि म्याच घोषित भए । मंगलबार दोस्रो सेमिफाइनल खेल रुपन्देही ११ र हिमालयन शेर्पा क्लबबिच हुने छ ।

तपाईको प्रतिक्रिया