आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं  – विश्व फुटबल वरियतामा नेपाल दुई स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियताअनुसार नेपाल १ सय ७३ औँ स्थानमा पुगेको छ ।  

दक्षिण एसियाली देशमध्ये भारत सबैभन्दा माथि १ सय ३० औँ स्थानमा छ । माल्दिभ्स ५ स्थान उक्लिएर १ सय ४० औँ स्थानमा पुगेको छ । अफगानिस्तान (तेस्रो स्थान) वरियतामा १ सय ५१ स्थानमा छ । नेपाल भन्दा तल भुटान १ सय ७७, बंगलादेश १ सय ९०, श्रीलंका १ सय ९६ र पाकिस्तान १ सय ९८ औँ स्थानमा छन् । फिफा वरियताको शिर्ष स्थानमा अर्जेन्टिना, दोस्रोमा ब्राजिल र तेस्रोमा जर्मनी छन् ।

उत्कृष्ट १५ देश

  • अर्जेन्टिना
  • ब्राजिल
  • जर्मनी
  • चिली
  • बेल्जियम
  • फ्रान्स
  • कोलम्बिया
  • पोर्चुगल
  • उरुग्वे
  • स्पेन
  • स्वीट्जरल्याण्ड
  • वेल्स
  • इंग्ल्याण्ड
  • पोल्याण्ड
  • इटाली
तपाईको प्रतिक्रिया