सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – एफए कप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार राती भएको खेलमा लेस्टर सिटी विजयी भएको छ । प्रतियोगिता अन्तर्गत चौथो चरणको रि प्ले मा प्रिमियर क्लब लेस्टर सिटीले दोस्रो श्रेणीको डर्बी काउण्टीलाई ३–१ ले हरायो ।
यसअघि भएको पहिलो खेल बराबरीमा सकिएपछि रि प्ले खेलाउनुपरेको हो । लेस्टर सिटीको मैदानमा भएको रि प्लेको निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी भयो ।
थपिएको ३० मिनेटमा दुई गोल गर्दै लेस्टर सिटी विजयी भएको हो । खेलमा लेस्टर सिटीलाई विजयी गराउन एण्डी किङ, विल्फ्रेड एण्डीडी र डेमाराई ग्रे ले एक एक गोल गरे । यो जित लेष्टर सिटीका लागि सन् २०१७ मा आफ्नो मैदानमा हात पारेको पहिलो जित हो ।

पछिल्लो समय खराब लयबाट गुज्रिरहेको लेष्टर सिटीलाई रातीको जितले केही राहत मिलेको छ ।

तपाईको प्रतिक्रिया