सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा बुधबार नेपाल भारतसँग १ सय ५२ रनले पराजित भएको छ । २ सय ९० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारीत ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रमेशबहादुर बाँनियाले ३६ बलमा ३५ रन, पदमबहादुर बडैलाले २२ बलमा २८ रन, बिक्रमबहादुर रानाले २८ बलमा २४ रन बनाए ।

यसअघि ब्याटिङ गरेको भारतले निर्धारीत ओभरमा १ विकेट गुमाएर २ सय ८९ रन बनाएको हो । भारतका अजयकुमार रेड्डीले ५० बलमा १ सय ९ रन, दुर्गा रावले ३३ बलमा ५३ रन साथै वेनकटेस्वरा रावले ३३ बलमा ८२ रन बनाए ।

नेपालले अहिलेसम्म एउटा खेल मात्र जितेको छ । यसअघि नेपाल इंग्ल्याण्डसँग ९० रनले, श्रीलंकासँग १ सय ३१ रनले, पाकिस्तानसँग १० विकेटले, बंगलादेशसँग ५९ रनले तथा अष्ट्रेलियासँग १० विकेटले हारेको थियो । यस्तै नेपालले दक्षिण अफ्रिकालाई भने ६ विकेटले हराएको थियो । बिहीबार नेपालको खेल न्यूजिल्याण्डसँग हुँदै छ ।

तपाईको प्रतिक्रिया