सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा मंगलबार नेपाल इंग्ल्याण्डसँग ९० रनले पराजित भएको छ । २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कृतन श्रेष्ठले १९ बलमा २७ रन, सुनिल सुवेदीले ४४ बलमा ४२ रन, सुनिल थापाले ३४ बलमा ३० रन बनाए । इंग्ल्याण्डका लुक ज्यासन स्मिथ र जस्टिन हलिङग्सओर्थले दुई दुई विकेट लिए ।

यसअघि ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारीत ओभरमा ५ विकेट गुमाएर २ सय ३३ रन बनाएको हो । इंग्ल्याण्डका लुक ज्यासन स्मिथले ६२ बलमा सतक प्रहार गरे । यस्तै पिटर ब्लूइटले ४३ बलमा ६० रन बनाए । नेपालका पदमबहादुर बडैलाले दुई र सुनिल थापामगरले एक विकेट लिए ।

नेपालले अहिलेसम्म एउटा खेल मात्र जितेको छ । यसअघि नेपाल श्रीलंकासँग १ सय ३१ रनले, पाकिस्तानसँग १० विकेटले, बंगलादेशसँग ५९ रनले तथा अष्ट्रेलियासँग १० विकेटले हारेको थियो । यस्तै नेपालले दक्षिण अफ्रिकालाई भने ६ विकेटले हराएको थियो । बुधबार नेपालको खेल भारतसँग हुँदै छ ।

तपाईको प्रतिक्रिया