आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – दोश्रो झापा गोल्डकप फुटबलको फाईनल आज हुदैछ । गोल्डकप फुटबलको उपाधिका लागि आयोजक झापा ११ र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् ।

विर्तामोडको डोमालाल रंगशालामा हुने फाइनलमा घरेलु टोली झापाले देशको सबैभन्दा सफल क्लब मनाङ्गको सामना गर्न लागेको हो । झापा मोफसलका फुटबल क्लबमध्ये सबैभन्दा सफल क्लब हो ।धनगढीमा भएको खप्तड गोल्डकप र आहारारा गोल्डकप जितेको मनाङ्ग झापा गोल्डकप पनि जितेर उपाधिको ह्याट्रिक गर्ने धुनमा छ भने आफैले आयोजना गरेको मोफसलको सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिता आफै राख्ने दाउमा छ ।

झापा अघिल्लो महिना भएको काँकडभिट्टा गोल्डकपको विजेता टोली पनि हो । घरेलु फुटबलको यो सिजनमा झापा र मनाङ पहिलोपटक खेल्न लागेका हुन् । अहिलेसम्म ६ पटक आमनेसामने हुँदा झापाले मनाङमाथि २ पटक मात्र जीत हात पार्न सकेको छ ।

तपाईको प्रतिक्रिया