सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

सप्तरी – सप्तरीको तिलाठीमा सरस्वती पूजा समिति तिलाठीले आयोजना गरेको तीन दिवसीय अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

२०४२ सालको राजदरबार बम काण्डका सहिद सांकेन्द्रचन्द्र मिश्रको सम्झना स्वरुप आयोजना गरिएको यस प्रतियोगितामा नेपाल र भारतका ८० जना कुस्ती खेलाडीको सहभागिता छ ।

खेलमा भारत बिहारको बिहार केसरी, चन्द्रदेव यादवलगायत चन्ढीगढ, बनारस, राजस्थान, बलीया, छत्तिसगढ, सुपौल, सहरसा र दरभंगा गरी कूल ८० जना कुस्तीवाज खेलाडीमध्ये २० जना महिला कुस्ती खेलाडी रहेका छन् भने नेपालको बारा, पर्सा, रौतहट, सिरहा, कपिलवस्तु, मोरङ, सुनसरी र सप्तरीका खेलाडीहरुको सहभागिता छ ।

तपाईको प्रतिक्रिया