मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं  – दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकटमा नेपालले पहिलो जित हासिल गरेको छ । भारतको नयाँ दिल्लीमा भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

नेपालका लागि सुनिल राना मगरले ३५ बलमा ३८ रन, सुनील सुवेदी क्षेत्रीले ३३ बलमा ४६ रन  तथा रमेशबहादुर बानियाँले २८ बलमा २४ रन बनाए । पहिले ब्याटिङ गरिररहेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका डोमिनिक स्कटले ३४ बलमा ३३ रन, सनवाबिले बिड्लाले ५९ बलमा ५७ रन, बुह्ले भिड्लाले २५ बलमा ३२ रन बनाएका थिए ।

नेपालका सुनिल रानामगरले दुई साथै कृतन श्रेष्ठले एक विकेट लिए । यसअघि नेपाल बुधबार बंगलादेशसँग ५९ रनले तथा मंगलबार अष्ट्रेलियासँग १० विकेटले हारेको थियो ।

तपाईको प्रतिक्रिया