बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौ – दृष्टिविहीन विश्वकप ट्वेन्टी–२० क्रिकेटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । भारतको नयाँदिल्लीमा जारी प्रतियोगिता अन्तर्गत् आज भएको खेलमा नेपाल बंगलादेशसँग ५९ रनले पराजित भएको हो ।

बंगलादेशले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रनमै समेटियो । नेपालका लागि कीर्तन श्रेष्ठ दुवालले ५५ रनको योगदान दिए ।

त्यसैगरी, रमेशबहादुर बानियाँले १८ र सुनील सुवेदी क्षत्रीले १६ रन बनाउँदा अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित् २० ओभरमा २ विकेट गुमाएर २०३ रन बनाएको थियो ।बंगलादेशका मोहम्बद मोसिन हसेन जायले सर्वाधिक ८८ र मोहम्बद अब्दुल मल्लिकले ८३ रन बनाए ।

यसअघि, मंगलबार भएको खेलमा नेपाललाई अस्ट्रेलियाले १० विकेटले हराएको थियो ।

तपाईको प्रतिक्रिया