बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

कास्की  – पन्ध्रौँ आहा रारा गोल्डकप फुटबलको उपाधी मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । सहारा क्लबलाई घरेलु मैदानमै १–० गोल अन्तरले पराजित गर्दै मनाङले पाँचौ पटक उपाधी जितेको हो ।

पोखरा रंगशालामा शनिबार साबिक विजेता मनाङ र आयोजक सहाराबिच भएको खेलको ७० औँ मिनेटमा कमल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो ।

तीन वर्षअघि भएको प्रतियोगितामा सहाराले मनाङलाई नै हराएर एकपटक उपाधि जितेको थियो । प्रतियोगिताको विजेता मनाङले पाँच लाख ५१ हजार १ रुपैयाँ र उपविजेताले सहाराले दुई लाख ५१ हजार १ रुपैयाँमा पाएको छ ।

तपाईको प्रतिक्रिया