Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – बालबालिकाले खेल्ने विभिन्न प्रकारका खेलौनामा मिश्रण गरिने रसायन सम्बन्धमा सरकारले मापदण्ड तोकेको छ । जनसंख्या तथा वातावरण मन्त्रालयले सोमबार खेलौनासम्बन्धी मापदण्ड तोकेर राजपत्रमा प्रकाशित गरेको छ ।

मापदण्ड नपुगेका खेलौनाको निर्माण, आयात, भण्डारण, विक्रीवितरण र प्रयोगमा समेत सरकारले प्रतिवन्ध लगाएको छ । यसअघि खेलौनासम्बन्धी मापदण्ड नहुँदा आयातकर्ता र निर्यातकर्ताले बालबालिकाको स्वास्थ्यसँग खेलवाड गर्दै आफूखुशी घातक रसायन प्रयोग गरी खेलौना तयार पार्दै आएका थिए ।

यस्ता घातक रसायन प्रयोग गरी खेलौना प्रयोग गरी बालबालिकामा तत्कालिनदेखि दीर्घकालिन अवस्थाका घातक रोग लाग्ने सम्भावना हुन्छ। वातावरण मन्त्रालयले बालबालिकाले प्रयोग गर्ने खेलौनामा गह्रौं धातुलगायत अन्य १२ प्रकारका रासायनिक मात्रा सम्बन्धी मापदण्ड निर्धारण गरेको हो ।

तपाईको प्रतिक्रिया