बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

काठमाडौं – तीन ठूला दलका शीर्ष नेताले तत्काल चुनावको मिति घोषणा गर्न माग गरेका छन् । संसदको शुक्रबारको बैठकमा बोल्दै तीन ठूला दलका शीर्ष नेताले तत्काल चुनावको मिति घोषणा गर्न सरकार समक्ष आग्रह गरेका हुन् ।

सरकारले सबै दललाई लिएर तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने उनीहरुको माग छ । संसदमा बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल आफूहरुसँग एक वर्ष मात्र बाँकी रहेकाले सरकारले तत्काल चुनावको मिति घोषणा गर्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ हामीसँग अब एक वर्षको समयमात्र बाँकी छ । यो समय भित्र चुनाव गर्न नसक्ने हो भने देशको अस्तित्वनै संकटमा पर्छ ।’ चुनाव गर्दा सुरुमा स्थानीय निकाको चुनाव गर्नुपर्ने उहाँको धारण छ ।

त्यस्तै एमाले उपाध्यक्ष भिम रावलले पनि तत्काल चुनाव गर्नु पर्ने बताउनुभयो । उहाँले सरकार गठन भएको ६ महिनामै देशको अवस्था भयावह भएको भन्दै भन्नुभयो ‘यो समय संविधान कार्यन्वयनका लागि केही भएन । अन्तर्राष्टिय सम्बन्ध बिग्रियो ।’

त्यस्तै नेता रावलले रामचन्द्र पौडेल प्रति व्यङ्ग्य गर्दै भन्नुभयो ‘चुनाव गर भन्ने तर चुुनाव नगर्ने अहिलेसम्म कसले रोक्यो ?’ यसको जवाफ सरकारले दिनुपर्ने नेता रावलको भनाई छ । त्यस्तै संविधान संशोधनको विषयमा मन्त्री पदसँग साट्न खोजिएको आरोप पनि उहाँले लगाउनुभयो ।

आफूले शितल निवासको भएको एक बैठकमा नेपालको शान्ति सुरक्षामा असार पर्ने काम भएको बारे जानकारी गराएपनि सरकारले त्यसमा चासो नदेखाएको उहाँले बताउनुभयो । माओवादी केन्द्रका नेता रामनारायण विडारीले संविधान संशोधको चपेटामा दशे परेको र संविधान संशोधन गरेर चुनावमा जानुपर्ने धारण राख्नुभयो ।

तपाईको प्रतिक्रिया