अर्घाखाँची– यतिबेला कलाकारिताको क्षेत्रमा ज्योती मगरको चर्चा छ । मेला महोत्सवमा उहाँलाई भ्याइनभ्याई छ । देशभर सञ्चालन भइरहेका महोत्सवमा उहाँको माग भइरहेको छ ।
उहाँको गित सुन्न खासगरी युवापंक्ती धेरै रुचाउछन् । धेरैले ज्योतीलाई छोटो लुगा लगाएर गित गाउदा उत्ताउली भन्ने गर्छन् । तर, गित र छोटो कपडा नै दर्शक र स्रोताको लागि आफनो पहिचान भएको मगर बताउनुहुन्छ ।
मंगलवार सन्धिखर्कमा भएको महोत्सवमा उहाँले जोसिलो गित र नृत्यबाट धेरैजसो युवा लठ्ठै परे । मेलाको मञ्चबाट उ त्यो सोल्टी त क्या सेक्सी देखियो भन्दा युवाहरु होहल्ला गर्दा उफ्रिए ।
छोटो कपडा लगाउदैमा उत्तउली भनेपनि आफुलाई राम्रो लागेको रिपोर्टर्स क्लव नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको साक्षात्कार कार्याक्रममा उहाँले भन्नुभयो । म बच्चा हुँदा देखि गित गाउथे । धेरै केटा साथी थिए, सानोमा पनि हाप पाइन्ट लगाउने गरेको उहाँले बताउनुभयो।
रोल्पामा जन्मिएकी मगरले छोटो कपडा लगाउनु सामान्य भएको बताउदै आफुलाई कुनै लाज नलाग्ने प्रतिक्रिया दिनुभयो । मेला महोत्सवमा दर्शकलाई भरपुर मनोरञ्जन दिनको लागि आफु र अहिलेको चाहना अनुसार छोटा कपडा लगाएर गित गाएको उहाँले बताउनुभयो ।
१० वर्ष काठमाडौ बस्दा २ दर्जन गित गाएर चर्चामा आएकी ज्योती १६ देश र नेपालका ६० जिल्लामा पुगेर गीत गाउनुभएको छ ।