शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – चीनको केरुङ्ग नाका हुदैँ काठमाडौं भित्रिएको १५ किलो सुन प्रहरीले बरामद गरेको छ । काठमाडौं भित्र्याउदैँ गर्दा बालाजु प्रहरीले १५ किलो सुनसहित १ जनालाई पक्राउ गरेको छ ।

ना १ ज ४९६४ सुमोबाट सुन बरामद भएको हो । गाडीको अगाडीको ईन्जिनको भागमा ब्याट्रीको फलामको फल्स बटम जस्तो बनाई लुकाई छिपाई राखेको अबस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ ।

गाडी चालक भक्तपुर सुर्यविनायक ११ पलाँसे बस्ने वर्ष ३० को रबिन्द्र भुजेल पक्राउ परेका छन् । सुन बरामद गर्न बालाजुका डिएसपी आफैँ विहान १ बजे चौमती पुलमा पुग्नुभएको थियो ।

तातोपानी नाका बन्द भएपछि अहिले केरुङ्ग नाकाबाट सुन तस्करी भइरहेको छ । दुबइबाट काठमाडौं भित्रिएको साढे ३३ किलो सुन बरामद भएको ९ दिन भित्रमा प्रहरीले १५ किलो सुन बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया