शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

परासी – पाल्ही प्राथमिक स्वास्थ केन्द्र नवलपरासीको निर्माणाधिन भवनमा कमसल साम्रगी प्रयोग गरि ठेकेदार कम्पनीले करोडौंको अनियमितता गर्न खोजेको स्थानीयले आरोप लगाएका छन् । तोकिएको म्याद भन्दा एक महिनाबढि बितिसक्दा पनि ठेकेदारले हतारहतारमा काम सम्पन्न गर्न गुणस्तरहिन सामाग्री प्रयोग गरि अनियमितता गर्न खोजेको उनीहरुको आरोप छ ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवन र दि कंचनजंगा कैलाश जे.भी ठेकेदार कम्पनी संग उक्त भवनको निर्माणका लागि २०७१ मंसिर २४ गते सम्झौता भएको थियो । सम्झौतामा ठेकेदार कम्पनीले २०७३ मंसिर २३ गते उक्त भवनको निर्माण कार्य सम्पन्न गरि स्वास्थ्य केन्द्रलाई बुझाउन पर्नेमा कम्पनीले निर्माण काममा ढिलाई गरेपछि अझै ४० प्रतिशत काम हुन बाकी रहेको स्थानियले बताएका छन् ।

ठेकेदार कम्पनीले स्टिमेट बाहिर रही स्थानिय झरही खोलाको बालुवा, स्थानिय युबीआई ईट्टाभट्टाको कमसल ईट्ट्टा, पातलो छड प्रयोग गरि भ्रष्टाचार गर्न खोजेको नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायले आरोप लगाउनु भयो । उक्त निर्माणधिन भवन जिल्लाको स्वास्थ्य क्षेत्रमा पहिलो सुविधा सम्पन्न भवन रहने जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।

जिल्लाको पाल्ही गाविसमा निर्माणधिन ढाई तल्ले भवनमा फारमेसी, टिकट काउटर, जेनेर र ईमजेन्सी वार्ड, ल्याब, ओपीडी, डाक्टर कक्ष र कार्यालय समेतको व्यवस्था रहने कार्यालयले जनाएको छ ।

सो भवनको लगत स्टिमेट ८ करोड, ५ लाख, ४५ हजार २९० रुपिया रहेपनि दि कन्चनजंघा कैलाश जे.भि. कम्पनीले ६ करोड ४९ लाख १२ हजार ६६४ रुपैयामा उक्त भवनको निर्माण कार्यको ठेक्का कबोल गरि ठेक्का लिएको थियो ।

लगत स्टिमेट भन्दा तल झरि कम्पनीले ठेक्का लिएपछि आफ्नो मार्जिन निकाल्न साईट ईन्जिनियर, सब ईन्जिनियर र सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको साँठगाँठमा ठेकेदारले करोडौंको रकम अपचलन गर्न खोजेको स्थानिय अल्बेदा देवानले आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया