Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – सरकारले काठमाडौँ स्थित राष्ट्रसंघीय आवासीय प्रतिनिधिको संयोजनमा नेपालको आन्तरिक राजनीतिक मामिलाबारे यहाँस्थित विदेशी राजदूतले नियमित छलफल र टिप्पणी गर्ने तथा धारणा बनाउने जस्ता गतिविधि जस्ता गतिविधि जारी राखेकोमा राष्ट्रसंघीय प्रतिनिधिलाई सचेत गराएको छ ।

सरकारले आन्तरिक राजनीतिक परिस्थितिबारे कुटनीतिक समुदयाले गरेको हालैको एक बैठकबारे राष्ट्रसंघीय प्रतिनिधिसँग अनौपचारिक ढंगले जानकारी मागेको हो ।

परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले हालै राष्ट्रसंघीय आवासीय प्रतिनिधिसँग कुटनीतिक समुदायको उक्त बैठकबारे सोधपुछ गरेका थिए ।

गत डिसेम्बर ८ मा राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डले नेपाल स्थिति अमेरिका, बेलायत युरोपेली युनियन, चीन, जापान, डेनर्माक र जर्मनीसहतिका मुलुकका राजदूत तथा कुटनीतिक प्रतिनिधिसहितको बैठक डाकेको थियो ।

कुटनीतिक समुदायको बैठकमा सरकारले दर्ता गराएको संविधान संशोधन विधयेकसँगै स्थानीय चुनावको विषयमा छलफल गरिएको थियो ।

नेपालको नितान्त आन्तरिक मामिलामा काठमाडौँ स्थित कुटनीतिक समुदायले पटकपटक छलफल गर्नु तथा त्यसबारे टिप्पणु गर्नु गैरकुटनीतिक रहेको सरकारी अधिकारीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया