Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर–दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताउनुभएको छ ।

आफूलाई भेट्न आएका पूर्वसांसद् क्लबका प्रतिनिधिहरुसँग बालकोट निवासमा बुधबार छलफल गर्दै ओलीले संघीयतामा मुलुक जाँदा पाँच विकास क्षेत्र नै उत्तम विकल्प हुने जिकिर गरेको छ ।

ओलीको भनाईमा समर्थन जनाउँदै पूर्व सांसद्हरुले पहिलो संविधानसभामा आफूहरुले मुलुक धान्न सक्ने चार प्रदेश कोसी, गण्डकी, कर्णाली र राजधानी मात्र भन्दै देशव्यापी जनमतको एकीकृत रिपोर्ट तयार गरेको जानकारी गराएका थिए ।

ओलीले सरकारले पेश गरेको संविधान संशोधनको विधेयक संसद्मा अल्पमतमा परिसकेको दाबी पनि पूर्वसांसद्हरुँग गरेका थिए ।

उहाँले एमाले नयाँ वा पुरानो दुवै स्थानीय चुनावका लागि तयार रहेको बताउँदै प्रधानमन्त्री नै निर्वाचन भाँड्न लागेको आरोप लगाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया