Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – भूकम्प र नाकाबन्दीका कारण गत बर्ष निकै समस्यामा परेको पर्यटन क्षेत्र यस बर्ष भने लयमा फर्केको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भूकम्पपछिको नकारात्मक प्रचार र नाकाबन्दीले सिर्जना गरेको हाहाकारका कारण गत बर्ष पर्यटन आगमनमा गम्भीर असर परेको थियो ।

सन् २०१५ मा ३२ प्रतिशतले घटेको आगमनदर यस बर्ष भने पहिलेकै अवस्थामा फर्कने संकेत देखिएको छ । सन् २०१६ को ११ महिनामा गत बर्षको भन्दा १ लाख १६ हजार १ सय ७४ बढी पर्यटक भित्रिसकेका छन् ।

डिसेम्बरमा पर्यटन आगमन दर २०१४ को हाराहारीमा पुग्ने देखिएको छ । सरकारले सन् २०१६ मा ६ लाख ५० हजार पर्यटक आउने लक्ष्य प्रक्षेपण गरेपनि ११ महिनामै प्रक्षेपण गरिएभन्दा बढि पर्यटक नेपाल भित्रिसकेका छन् ।

२०१५ को ११ महिनामा ४ लाख ८० हजार ६ सय ६६ पर्यटक नेपाल भित्रिएका थिए भने २०१६ को ११ महिनामा ६ लाख ५५ हजार १ सय ४४ पर्यटक भित्रिएका छन् । यो ३४ प्रतिशतको वृद्धि हो ।

सन् २०१५ मा ५ लाख ३८ हजार ९ सय ७० पर्यटक भित्रिएका थिए । जुन अघिल्लो बर्षको भन्दा ३२ प्रतिशतले कमी हो । सन्र २०१४ मा ७ लाख ९० हजार १ सय १८ पर्यटक नेपाल भित्रिएका थिए ।

तपाईको प्रतिक्रिया