Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ  – चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रचार विभागका प्रमुख लिउ छिपाओले भूकम्पपछि बन्द कोदारी राजमार्ग जतिसक्दो छिटो सञ्चालन गरेर नेपाल–चीन सम्बन्धको आधारलाई संरक्षण गर्ने बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी कोदारी नाका दिगो सञ्चालन हुने गरी पुनर्निर्माण आरम्भ गर्न आफ्नो सरकार लागि परेको जानकारी दिनुभएको हो ।

उहाँले नेपालको पूर्वाधार विकासमा चीनले निरन्तर सहयोग गर्दै जाने बताउनुभयो । लिउले नेपाल र चीन जोड्ने नकाबारे चीन अत्यन्तै सकारात्मक रहेका र क्रमैसँग जतिसक्दो धेरै नाका खोलेर काम अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

लिउले नेपालको जस्तो सुकै विकास प्रक्रियामा सहयोग गर्न चीन तयार रहेको भेटवार्तामा बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया