Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – नेपालीसँग भएको ५ सय र १ हजार दरका भारतीय नोट साटिने सम्भावना टरेको छ।

नेपाल राष्ट्र बैंकले पटक(पटक आग्रह गरे पनि भारतीय वित्त मन्त्रालयले बेवास्ता गरेपछि तत्कालका लागि नोट नसाटिने देखिएको हो ।

भारतमा पुस १६ गतेसम्म नोट साट्ने अवधि छ । भारतीय पक्षले बेवास्ता गरेका कारण नेपालबाट भारतीय पक्षसँगको कुराकानी गर्ने जाने भनिएको टोली जान सकेको छैन ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले अहिलेसम्म नेपालले भारतीय पक्षबाट आउने जवाफ कुरेर बसिरहेको बताउनुभयो ।

यसअघि ठूला दरका भारतीय रुपैयाँ साट्ने सम्बन्धमा छलफल गर्न अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित समिति बनाएर भारत जाने डेपुटी गभर्नरले बताउनुभयो थियो ।

कालो धनका रुपमा ठूलो रकम रहेको आशंका गर्दै भारतले गत कात्तिक २४ मा यी नोटहरुमा प्रतिबन्ध लगाएपछि नेपाल पनि प्रतिबन्ध लागेको छ ।

तपाईको प्रतिक्रिया