Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नेपाल प्रहरीका तालिम केन्द्रमा कार्यरत प्रहरीले १० प्रतिशत भत्ता पाउने भएका छन् । भत्ताका लागि अर्थ मन्त्रालय, कानुन मन्त्रालय तथा लोकसेवा आयोगले सहमति दिएको छ ।

प्रहरी नियमावली, २०७२ संशोधन गर्दै भत्ताको व्यवस्था गर्न लागिएको हो । सबै निकायबाट स्वीकृत प्राप्त भएपछि प्रहरीले नियमावली मन्त्रिपरिषद् लैजाने तयारी गरेको छ । राष्ट्रिय प्रहरी तालिम प्रतिष्ठान, महाराजगन्ज, जुनियर प्रहरी एकेडेमी चितवन, पाँचवटा क्षेत्रीय तालिम केन्द्र र नवलपरासीस्थित युक्ति तालिम महाविद्यालयमा कार्यरत प्रहरीहरूले १० प्रतिशत भत्ता पाउनेछन् । police

यसअघि प्रवचन भत्ता मात्र दिने प्रावधान थियो । सशस्त्र प्रहरीको तालिम केन्द्रमा कार्यरत प्रहरीलाई १० प्रतिशत भत्ता दिइएकाले प्रहरीले पनि सो सुविधा माग गरेको हो । जसमा अर्थलगायत सबै निकायले सहमति दिएका हुन् ।

श्रेणीविहीन चार स्तर
नेपाल प्रहरीमा पहिलोपटक श्रेणीविहीन कर्मचारी (प्रहरी परिचर) को स्तर कायम गरिएको छ । यसअघि सबैको तलब एउटै हुने र जागिर अवधिभरि बढुवा नहुने भएकाले उनीहरूको स्तरवृद्धिको प्रावधान राखिएको हो ।

यसले उनीहरूको तलबमानमा पनि फरक पर्नेछ । सिनियर परिचरले धेरै तलब पाउनेछन् । यसले श्रेणीविहीन कर्मचारीलाई प्रोत्साहन मिल्ने प्रहरी अधिकारीहरूको भनाइ छ । सशस्त्र प्रहरी बलमा भने पहिलेदेखि नै प्रहरी परिचरको चार तह छ ।

तपाईको प्रतिक्रिया