काठमाडौँ – विशेष अदालतले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएका सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक तथा नयाँ शक्ति नेपालका नेता ऋषिदेव भट्टराईलाई बुधवार २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
न्यायाधीश भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलाशले २० लाख लिएर उनलाई रिहा गर्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई मङ्गलबार एक करोड ९१ लाख भ्रष्टाचारको दाबीसहित मुद्दा दायर गरेको थियो ।
अख्तियारले भट्टराईले एक करोड ९१ लाख ३६ हजार ८८१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले आफ्नो अनुसन्धानमा भट्टराईको वैध स्रोतबाट आर्जन गरेको सम्पत्तिभन्दा अवैध रुपमा आर्जन गरेको सम्पत्ति बढी देखिएको जनाएको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, मंसिर ०९, २०७३
प्रकाशित समय: ९:५७:४२