Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेपाली कामदारको लागि प्रमुख गन्तव्य मानिएको साउदी अरबको रोजगारीमा संकट बढ्न थालेको छ । kamdar

अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल्य तल्लोस्तरमा रहेपछि अर्थतन्त्रमा जटिलता बढ्न थालेका छन् । साउदीका कम्पनीहरु धराशायी हुने क्रम बढ्न थालेपछि काम तथा तलब नपाउने नेपाली कामदारको संख्या ह्वात्तै बढेको हो । साउदीको राजधानी रियादस्थित नेपाली दूतावासले ५० भन्दा बढी कम्पनीमा कार्यरत कम्तीमा एक हजार नेपाली काम र तलब नपाएर अलपत्र परेको जनाएको छ ।

दूतावासले साउदीको पछिल्लो अवस्थाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिदैं नयाँ कामदार पठाउँदा सतर्कता अपनाउन ध्यान दिन अनुरोध गरेको छ । दूतावासले सम्बन्धित कम्पनीलाई तलव दिएर स्वदेश पठाइदिन आग्रह गरे पनि सुनुवाइ भएको छैन ।

कम्पनीले साउदी सरकारबाटै परियोजनाको रकम भुक्तानी नगर्दा कामदारलाई तलव दिन नसकेको भन्दै पन्छिन थालेका छन् ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया