Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

rasuwa-gadhi

काठमाडौं – रसुवा जिल्लाको रसुवागढी सीमा नाकामा चीनतर्फ आकर्षक शैलीमा निर्माण गरिएको अध्यागमनको कार्यालय छ भने नेपालतर्फ सामान्य टिनको छानोमा राष्ट्रिय झण्डा फहराइरहेको छ ।
नेपालतर्फको कच्ची सडकको धुलोबाट बच्न नेपाली सुरक्षाकर्मी मास्क लगाएर सीमामा खटिएका हुन्छन् र निहुरिएर पस्नुपर्ने र थोरै मात्र बस्न मिल्ने अस्थायी टहरामा सुरक्षाकर्मीको कार्यालय सञ्चालन भइरहेको छ । चीनको केरुङबाट पेट्रोलियम पदार्थ र अन्य सामग्री नेपाल ल्याउने भनी बहुप्रचारित रसुवागढी खण्डको नेपालतर्फको सडकको अवस्था अत्यन्तै दयनीय छ । रसुवागढीबाट २४ किलोमिटर चीनतर्फ गएपछि मात्रै चीनको केरुङ पुगिन्छ । चीन सरकारले सिगात्सेबाट पाँच सय किलोमिटरको दूरीमा रहेको केरुङसम्म रेल ल्याउने योजना बनाएपछि नेपालीको ध्यान यही नाकातर्फ केन्द्रित छ ।
भोटेकोसीपारि रहेको चीनतर्फको पूर्वाधार तथा नेपालतर्फको पूर्वाधार हेर्दा सहजै अनुमान गर्न सकिन्छ, नेपाली राजनेताहरूको भनाइ यथार्थभन्दा कति टाढा छ भनेर । चीनतर्फ सामान लिन गएका कन्टेनरको लामो लाम हुन्छ, कन्टेनरहरू लाममा बसेपछि सडकबाट मोटरसाइकलसमेत छिर्न सक्दैनन् । डेढ वर्षअघि गएको भूकम्पबाट क्षतिग्रस्त सडकमा माथिबाट झरेका कन्टेनरभन्दा ठूला ढुङ्गा देखिन्छन् । एकतर्फी मात्रै सवारी चल्ने गरी खोलिएको सडकलाई फराकिलो बनाउने, सीमा नाका व्यवस्थित गर्नेतर्फ कुनै पहल भएको देखिँदैन ।
सीमामा खटिएका प्रहरी सहायक निरीक्षक ज्योतेन्द्र भण्डारीले भने, ‘भूकम्पले क्षति पु¥याएको चीनतर्फको सडकखण्ड निर्माण तीव्र पारिएपछि केही दिनयता गाडी जान बन्द गरिएको छ । खाना खाने समयमा मात्रै एक घण्टा सवारी खुल्छ ।’ भण्डारीले भने, ‘सडक कच्ची छ, त्यो पनि निकै सानो छ, लोडगाडी आउने गर्छन्, वर्षा हिलोको समस्या र अहिले धुलोले सताएको छ, नेपालतर्फको पार्किङ व्यवस्थित छैन, तल टिम्बुरेमा बन्दैछ, यहाँ त खाली जग्गामा मात्रै पार्किङ गर्ने हो, समस्या त धेरै छन् ।’ यी सुरक्षाकर्मीको आशा कहिले साकार हुने हो थाहा छैन । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि यो नाकाबाटै सामान ल्याइने गरिएको छ ।
सडक स्थायी रूपमा चल्ने बनाउने सरकारी योजना त छ तर कहिले बन्ने हो, त्यो भने कसैलाई थाहा छैन । तीन महिनायता सडक निर्माण गर्ने वा सुधारका लागि कुनै प्रयास भएको छैन ।

तपाईको प्रतिक्रिया