Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – भुटानी संसदको माथिल्लो सदनले सार्क उपक्षेत्रीय यातायात सम्झौता अनुमोदन गर्न अस्वीकार गरेपछि भारतले अघि सारेको उक्त सम्झौताको भविष्य अन्यौलमा परेको छ । 1479603469bhutan

भारतले अघि बढाएको उक्त क्षेत्रीय सम्झौतालाई भुटानी संसदको माथिल्लो सदनले बुहमतले यही साता अस्वीकार गरेको थियो । उक्त यातायात सम्झौताले भारत, बंगलादेश, नेपाल र भुटानबीच निर्वाध सीधा यातायात सम्पर्क स्थापित गर्ने लक्ष्य लिएको थियो । यद्यपि तीनवटा कारण देखाउँदै भुटानमा यसको विरोध भएको हो ।

भारत, बंगलादेश र नेपालबाट भुटानमा सवारी चाप बढे त्यसले प्रदुषण बढेर गम्भीर चुनौती उत्पन्न हुने निष्कर्ष भुटानको छ । त्यहाँका विपक्षी दलको चर्को विरोधका बीच भुटानको तल्लो सदनले यसअघि सम्झौता अनुमोदन गरी माथिल्लो सदनमा पठाएको थियो ।

तर माथिल्लो सदनले भने अस्वीकार गरेको छ । यद्यपि भुटानी सरकारले भने उक्त सम्झौताको बचाउ गरेको छ ।

तपाईको प्रतिक्रिया