Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारतबाट थप दुई सय ५० मेगावाट विजुली दिन सहमत भएको छ ।

आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय विजुली आयात गरेर यसपालीको हिउँदयाममा सकेसम्म लोडसेडिङ हुन नदिने विद्युत प्राधिकरणको योजना रहेको छ ।

भारतबाट हाल दुई सय ४८ मेगावाट बिजुली आयत भइरहेको छ । भारतीय सहमति कार्यान्वयन भएका पाँच सय मेगावाट बिजुली आयत हुनेछ ।

नेपाल र भारतका उर्जा अधिकारीबीच शनिबार नयाँ दिल्लीमा सम्पन्न सहमतिअनुसार भारतले तत्काल टनकपुरबाट तीस, यही साताभित्रै टनकपुरबाटै अर्को थप चालीस, ढल्केबरबाट थप असी, रक्सौल परवानीपुर र कटैया कुसाहाबाट पचार पचार गरी थप दुई यस पचार मेगावाट विद्युट दिन भारत सहमत भएको हो ।

तपाईको प्रतिक्रिया