Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – सभामुख ओनसरी घर्तीमगरले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध एक महिनाअघि संसद्मा दर्ता महाभियोग प्रस्तावमाथि जारी छलफल आइतबार सक्ने विश्वास व्यक्त गरे पनि त्यो सम्भावना भन्दा धेरै टाढा देखिएको छ । onsari-gharti

महाभियोग प्रस्तावमाथिको छलफलमा ५१ जना सांसदले मात्र बोलेका छन् । संसद् सचिवालय स्रोतका अनुसार झन्डै ३ सय सांसदले बोल्ने तयारी गरेका छन । कात्तिक ३ मा दर्ता भएको प्रस्तावमाथि एक महिनामा ४ दिन मात्रै छलफल भएको छ । सभामुख घर्तीमगर आइतबार साँझ रुस भ्रमणमा जाने भएकाले सोही दिन संसद्को छलफल सकेर महाभियोग प्रस्तावलाई समितिमा पठाउने तयारीमा रहेको बुझिन्छ । त्यसका लागि आफूले प्रमुख दलका नेतासँग छलफल गरिरहेको जानकारी सभामुख घर्तीमगरले दिएकी छन । नेताहरूले उनको सुझाव माने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्नेछ ।

तर दलहरू भने अझै केही दिन छलफल लम्ब्याउने कसरतमा लागेको स्रोतले बतायो । ‘प्रस्तावमाथि बोल्न चाहने सांसदको सूची त लामै छ’, सभामुख घर्तीमगरले शुक्रबार सञ्चारकर्मीसँग भनिन्, ‘तर आइतबार नै छलफल सक्नुर्पयो भनेर मैले दलका नेतालाई भनेकी छु । मलाई विश्वास छ, आइतबार नै छलफल समाप्त भएर प्रस्ताव समितिमा जान्छ ।’ संसद्ले प्रस्ताव पठाएपछि महाभियोग समितिले त्यसमाथि अनुसन्धान गरी एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्छ ।’ समितिले तयार पारेको प्रस्तावलाई दुईतिहाइ मतले समर्थन जनाएपछि मात्र महाभियोग पारित हुन्छ ।

तर दलहरूको अहिलेको गतिविधिले समितिमा प्रस्ताव कहिले पुग्छ भन्ने अन्योलमै रहेको समितिका सदस्य बताउँछन् । समितिले बिहीबार कार्य्विधि पारित गरी प्रस्तावमाथि छलफल अघि बढाउन बाटो खोलेको छ । सत्तासीन माओवादी केन्द्र र एमाले महाभियोग पारित गर्ने पक्षमा देखिए पनि संसद्को ठूलो दल काँग्रेसले निर्णय नगरेका कारण पनि नतिजा अनिर्णीत नै देखिन्छ । काँग्रेसका अधिकांश सांसदले महाभियोग प्रस्ताव पारित गर्नुपर्ने धारणा संसद्मा राखे पनि पार्टीले आधिकारिक निर्णय गरेको छैन ।

तपाईको प्रतिक्रिया